Logo

२०७९, चैत्र ८ गते बुधवार

२०७९, चैत्र ८ गते बुधवार

images

आर्मीलाई हराउँदै पुलिस क्लब तेस्रो

आर्मीलाई हराउँदै पुलिस क्लब तेस्रो

  • 103
    SHARES
  • आर्मीलाई हराउँदै पुलिस क्लब तेस्रो

    काठमाडौं । शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो भएको छ ।

    images

    त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।

    पुलिसले आर्मीलाई २५-२१, २५-२१ र २५-१९ ले हरायो । तेस्रो स्थान हासिल गरेको पुलिसले ७५ हजार रूपैयाँ पुरस्कार पाएको छ ।

    प्रतियोगिताको उपाधिका लागि साबिक विजेता नेपाल एपिएफ क्लब र न्यू डायमन्ड युथ स्पोटर्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    प्रतियोगिताका विजेता टोलीले  तीन लाख तथा उपविजेताले एक लाख ५० हजार पुरस्कार पाउनेछन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology