Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

मधेस प्रदेशका दुई मन्त्रीद्वारा शपथ ग्रहण

मधेस प्रदेशका दुई मन्त्रीद्वारा शपथ ग्रहण

  • 265
    SHARES
  • मधेस  प्रदेशका दुई मन्त्रीद्वारा शपथ ग्रहण

    जनकपुर । मधेस प्रदेशमा थप दुई मन्त्री र राज्यमन्त्रीले शपथ लिएका छन् । नेकपा माओवादी केन्द्रबाट उद्योग, पर्यटन तथा वन मन्त्रालयमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले शपथ लिएका हुन् ।

    images

    उद्योगमन्त्री यादवलाई मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले र राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ दिएका हुन् । उद्योगमन्त्री यादव धनुषाबाट निर्वाचित समानुपातिक सांसद हुन् भने अन्सारी पर्सा १ (१) बाट निर्वाचित सांसद हुन् ।

    प्रदेशमा असन्तुष्ट बनेका माओवादी केन्द्रका यी दुईजना सरकारमा सहभागी भएसँगै मधेस प्रदेश सरकारले पूर्णता पाएको छ । मधेस प्रदेश सरकार १५ सदस्यीय रहेको छ । 

    मुख्यमन्त्रीलाई समर्थन दिएका चार दल सरकारमा सहभागी भएपनि माओवादी केन्द्र सहभागी नभएपछि प्रदेश सरकारले पूर्णता पाएको थिएन । मन्त्री यादवले मैथिली र राज्यमन्त्री अन्सारीले भोजपुरी भाषामा शपथ लिएका छन् ।

    उनीहरूले प्रदेशमा मन्त्रीमण्डल बाँडफाँडको विषयमा असन्तुष्ट भएपनि पुरानै मन्त्रालयको मन्त्रीको रूपमा सपथ लिएका हुन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology