काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७६ दशमलव ६४ अंकले उकालो लागेर दुई हजार एक सय ७७ दशमलव ३४ मा पुगको छ ।
यसदिन ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२ दशमलव ७२ अंकले बढेर चार सय १४ दशमलव ८७ मा पुगेको छ ।
यस्तै, कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कारोबार भएका कूल दुई सय १५ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा एउटा मात्रै कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
विभिन्न कम्पनीका कूल ९३ लाख ३३ हजार सात सय ८८ कित्ता शेयर तीन अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ मूल्यमा कारोबार भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण ३१ खर्ब ४२ अर्ब दुई करोड ३२ लाख ४४ हजार एक सय ८६ पुगेको छ ।
कारोबार रकमका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको शेयर १२ करोड ९२ लाख ४२ हजार सात सय २६ मा कारोबार भएको छ ।
यस्तै, न्यादी ग्रुप पावर ११ करोड तीन लाख ७० हजार पाँच सय ४४, अपि पावर कम्पनी नौ करोड ३९ लाख ९९ हजार आठ सय ३४ र हिमालयन डिस्टिलरी छ करोड ६४ लाख ७२ हजार एक सय ७२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत् कम्पनी, आर्दश लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, रिडी पावर कम्पनीको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले घटेको छ ।
यस्तै, आइसिएफसी फाइनान्स कम्पनीको ऋणपत्र ५ दशमलव ९०, एभेष्ट बैंकको ऋणपत्र १ दशमलव ९५, एनआइबिएल प्रगति फण्ड १ दशमलव ६९, नेपाल एसबिआई बैंकको ऋणपत्र १ दशमलव ५८ र लक्ष्मी बैंकको ऋणपत्रको मूल्य १ दशमलव २९ प्रतिशतले घटेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology