Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

मधेस प्रदेश सरकारले पायो पूर्णता

मधेस प्रदेश सरकारले पायो पूर्णता

  • 292
    SHARES
  • मधेस प्रदेश सरकारले पायो पूर्णता

    काठमाडौं । मधेस प्रदेश सरकारले पूर्णता पाएको छ । मंगलबार नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषद्मा सहभागिता भएपछि प्रदेश सरकारले पूर्णता पाएको हो ।

    images

    माओवादीको तर्फबाट पठाइएका एक मन्त्री र एक राज्यमन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा मंगलबार दिउँसो पद तथा गोपनीयताको शपथग्रहण गराइएको थियो । 

    प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष नेकपा माओवादी केन्द्रका तर्फबाट उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादव र मुख्यमन्त्री यादवसमक्ष सोही मन्त्रालयको राज्यमन्त्रीमा रहबर अन्सारीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

    यादवले मैथिली भाषामा र राज्यमन्त्री अन्सारीले भोजपुरी भाषामा शपथग्रहण गरेका थिए । गत मंसिर ४ गतेको निर्वाचनमा मन्त्री यादव समानुपातिकतर्फ र राज्यमन्त्री अन्सारी प्रत्यक्षतर्फ पर्सा क्षेत्र नं १ (१) बाट निर्वाचित भएका थिए ।

    यसअघि मुख्यमन्त्री यादवले २९ पुसमा तीन जना मन्त्रीसँगै शपथग्रहण गरेका थिए । भने २० माघमा ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए ।

    योसँगै मुख्यमन्त्रीसहित १० मन्त्री र चार राज्यमन्त्री गरि १५ सदस्यीय मधेस प्रदेश सरकारले पूर्णता पाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology