Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

नरेश र अन्नुको स्वर रहेको ‘मेरो मनमा तिमी’ गीत चर्चामा [भिडियो]

नरेश र अन्नुको स्वर रहेको ‘मेरो मनमा तिमी’ गीत चर्चामा [भिडियो]

  • 1.3K
    SHARES
  • नरेश र अन्नुको स्वर रहेको ‘मेरो मनमा तिमी’ गीत चर्चामा [भिडियो]

    काठमाडौं । गीतकार नरेश खाती क्षेत्रीको नयाँ गीत सार्वजनिक भएको छ । ‘मेरो मनमा तिमी’ बोलको गीत केही दिनअघि मेक्सम नरेश अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    images

    लामो समयदेखि विभिन्न गीत लेखन, संगीत र गायनमा सक्रिय नरेश फरक खालका गीत लेख्न तथा गाउन  रुचाउँछन् ।

    बालक, युवा र वृद्ध सबैलाई मनपर्ने र परिवारमा बसेर हेर्न तथा सुन्न मिल्ने खुराक नरेशले नेपाली सांगीतिक क्षेत्रलाई दिने गरेका छन् ।

    बजारमा उनका सिर्जना सार्वजनिक हुने वित्तिकै चर्चामा रहन्छ । गीतले दर्शक तथा स्रोताको माया पाउँदा नरेश परिश्रमको फल भएको बताउँछन् ।

    नरेशको भनाइमा ‘मेरो मनमा तिमी’ विशेष गरी युवापुस्तालाई लक्षित गरेर लेखिएको गीत हो । यो गीत युवाको मनमा बस्ने उनको विश्वास छ ।

    उक्त गीतमा नरेशसँगै अन्नु चौधरीको आवाज रहेको छ भने गीत यादव पौडेलले लेखेका हुन् । एक विपन्न परिवारका श्रीमान् र श्रीमतीले जीवन जिउनका लागि गरेको संघर्ष र उनीहरूको प्रेमलाई भिडियोमा देखाइएको छ ।

    भिडियोमा गायक नरेशले अभिनय गरेका छन् भने उनलाई उषा उप्रेतीले साथ दिएकी छिन् । साथै बालकलाकार सेजनी शर्माको पनि अभिनय रहेको छ ।

    भिडियो क्रान्ति केसीले निर्देशक तथा सम्पादन गरेका हुन् भने उत्सव दाहालले खिचेका हुन् । नरेशका यसअघिका ‘माया मारेर’, ‘हाम फालमकि झुन्डिएर मरम’ लगायतका गीत चर्चित छन् ।

    गीत यस्तो छ हेर्नुहोस्

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology