Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

साफ यु–२० महिला फुटबल : भारतलाई हराउँदै नेपाल फाइनलमा

साफ यु–२० महिला फुटबल : भारतलाई हराउँदै नेपाल फाइनलमा

  • 363
    SHARES
  • साफ यु–२० महिला फुटबल : भारतलाई हराउँदै नेपाल फाइनलमा

    बंगलादेश । नेपाल साफ यु–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशमा जारी साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

    images

    ढाकामा आज भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । नेपालका लागि अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरे । भारतका लागि अपूर्णा नार्जारीले सान्त्वना गोल गरिन् ।

    खेलको २१औँ मिनेटमा भारतकी अपूर्णाले गोल गर्दै आफ्नो टोलीलाई सुरुआती अग्रता दिलाएकी थिइन् । तर खेलको दोस्रो हाफमा भने नेपालले तीन गोल गर्‍यो ।

    खेलको ४८ औँ मिनेटमा नेपालका लागि चन्दले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याइन् ।

    खेलको ६९औँ मिनेटमा कप्तान राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २–१ को अवस्थामा पुर्‍याइन् । खेलको ८९औँ मिनेटमा नेपालकी कार्कीले तेस्रो गोल गर्दै आफ्नो टोलीलाई जित दिलाइन् ।

    प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान सहभागी छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology