वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रले पुरानै कार्यविभाजनलाई निरन्तरता दिने भएको छ । यसअघि संगठन विभाग प्रमुख रहेका जनार्दन शर्मा प्रभाकरलाई पुन सोही जिम्मेवारी दिइएको छ भने अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान पुनले निरन्तरता पाएका छन् ।
माओवादी केन्द्रको वरियतामा भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल छन् । महासचिव देवप्रसाद गुरुङपछि उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका प्रसाद यादव रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij