वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नु पर्ने माग गरेका छन् ।
शनिबार एक विज्ञप्ति जारी गरेर शाहीले कुटपिट गर्ने माथि कडा कारबाही गर्नुपर्ने भन्दै उक्त माग गरेका हुन् ।
‘राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर जनतालाई सास्ती दिएर चिकित्सकमाथि घटेको घटनाको घोर निन्दा र भत्र्सना गर्दछु ।’ साथै सम्माननीय राष्ट्रपतले यो विषयमा चिकित्सकसँग माफी मागर्न हार्दिक अनुरोध गर्दछु ।’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर फर्किंदा सडक खाली गर्ने क्रममा प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कुटपिट गरेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij