Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

मालीमा उपराष्ट्रपति असिमीलाई अन्तरिम राष्ट्रपति घोषणा

मालीमा उपराष्ट्रपति असिमीलाई अन्तरिम राष्ट्रपति घोषणा

  • 533
    SHARES
  • मालीमा उपराष्ट्रपति असिमीलाई अन्तरिम राष्ट्रपति घोषणा

    बमाको । मालीको संवैधानिक अदालतले उपराष्ट्रपति कर्णेल असिमी गोइतलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेको छ । एक हप्ता अगाडि अन्तरिम राष्ट्रपति र प्रधानमन्त्रीलाई सेनाले पक्राउ गरेर नियन्त्रणमा राखेको थियो ।

    images

    उनीहरुलाई राजधानी बमाकोनजिकै रहेको एक सैन्य कार्यालयमा राखिएको जनाइएको छ । उनीहरुले कानूनको उल्लंघन गरेकाले उनीहरुलाई पदबाट हटाइएको उपराष्ट्रपति गोइतले मंगलबार बताएका थिए । उनले नै देशको सैनिक परिषद्को नेतृत्व गरेका छन् । त्यसैले नै शासन गर्ने जनाइएको छ ।

    'अर्को व्यवस्था नभएसम्मका लागि उपराष्ट्रपतिले नै अन्तरिम राष्ट्रपतिको रुपमा देशको नेतृत्वदायी जिम्मेवारी निर्वाह गर्नुहुनेछ, उहाँकै नेतृत्वमा सरकार सञ्चालन हुनेछ', अदालतद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

    संयुक्त राष्ट्र संघले भने राष्ट्रपति र प्रधानमन्त्रीलाई गिरफ्तार गरिएको घटनाप्रति आपत्ति जनाएको छ । उसले उनीहरुलाई विनाशर्त तत्काल रिहा गर्न पनि माग गरेको छ ।
     
    अफ्रिकी विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुसँग आफूहरु निरन्तर निकट सम्पर्कमा रहेको र मालीमा उत्पन्न संकटलाई सकारात्मक तरिकाले अन्त्य गर्न प्रयास गरिरहेको पनि राष्ट्रसंघीय अधिकारीले जनाएका छन् । अफ्रिकी मुलुक मालीमा लामो समयदेखि राजनीतिक संकट गहिरिंदै गएको छ । 

    सरकार फेरबदल गरेपछि मालीमा राष्ट्रपति र प्रधानमन्त्री गिरफ्तार  सरकार फेरबदल गरेपछि मालीमा राष्ट्रपति र प्रधानमन्त्री गिरफ्तार  राजिनामा दिएपछि सेनाकाे हिरासतमा रहेका मालीका राष्ट्रपति रिहा राजिनामा दिएपछि सेनाकाे हिरासतमा रहेका मालीका राष्ट्रपति रिहा

  • सम्बन्धित विषय:

  • # माली

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology