Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द हुने  

भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द हुने  

  • 313
    SHARES
  • भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द हुने  

    काठमाडौं । यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । यातायात मजदुरहरूले सोमबार साँझ विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् ।

    नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुन्डागर्दी गरेकोले आफूहरू सडकमा उत्रिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजुर संघ र अखिल नेपाल यातायात मजदुर संघद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा उल्लेख छ ।

    यातायात मजदुरले आज बालाजु क्षेत्रमा सडकमा गाडी तेर्साएर अवरूद्ध गरेका छन् । उनीहरूले प्रहरीका दुई वटा भ्यान पनि जलाएका छन् । आन्दोलनका यातायात मजदुरमाथि हातपातसमेत भएको विज्ञप्तिमा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # यातायात

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij