Logo

२०७९, चैत्र ८ गते बुधवार

२०७९, चैत्र ८ गते बुधवार

images

तीन लाखले अवलोकन गरे क्यान इन्फोटेक २०२३

तीन लाखले अवलोकन गरे क्यान इन्फोटेक २०२३

  • 119
    SHARES
  • तीन लाखले अवलोकन गरे क्यान इन्फोटेक २०२३

    काठमाडौं । भृकुटीमण्डपमा भएको क्यान इन्फोटेक २०२३ तीन लाख मानिसले अवलोकन गरेका छन्। कम्प्युटर एसोसिएसन महासंघ (क्यान)का अध्यक्ष रञ्जितकुमार पोद्दारले सोचेअनुसार नै अवलोकन कर्ताहरूको उपस्थिति भएको बताए।

    images

    मेलामा विद्यालयमा अध्ययनरत विद्यार्थीदेखि क्याम्पस स्तरमा टेक्नोलोजी अध्ययनरत विद्यार्थी र सूचना प्रविधिमा चासो राख्ने मानिसहरू अवलोकनका लागि आएका उनको भनाइ छ। आजबाट सकिएको इन्फोटेक मेला आगामी दिनमा सातै प्रदेशमा पनि सञ्चालन हुने पोद्दारले जानकारी दिए।

    उनका अनुसार मधेसमा फागुन ५ देखि फागुन ९ सम्म, सुदूरपश्चिममा फागुन १३ देखि फागुन १७ सम्म, गण्डकीमा फागुन २६ देखि फागुन ३० सम्म र बागमतीमा चैत २ देखि चैत ६ सम्म क्यान इन्फोटेक हुनेछ। प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै नै क्यान इन्फोटेकको आयोजना मिति घोषणा हुने बताइएको छ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology