Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

विद्यालय कर्मचारीको जिज्ञासा सम्बाेधन गर्दै अध्यक्ष तिवारीले भने– ऐतिहासिक निर्णय कार्यान्वयन गराउन एकजुट हौं

विद्यालय कर्मचारीको जिज्ञासा सम्बाेधन गर्दै अध्यक्ष तिवारीले भने– ऐतिहासिक निर्णय कार्यान्वयन गराउन एकजुट हौं

  • 2.4K
    SHARES
  • विद्यालय कर्मचारीको जिज्ञासा सम्बाेधन गर्दै अध्यक्ष तिवारीले भने– ऐतिहासिक निर्णय कार्यान्वयन गराउन एकजुट हौं

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय  समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारीहरूलाई पुनः स्पष्ट पारेका छन् ।

    images

    गत भदौ १ गते काठमाडौंमा भएको आन्दोलनका उपलब्धिको विषयमा जिज्ञासा आएपछि अध्यक्ष तिवारीले बिहीबार सामाजिक सञ्जाल मार्फत् स्पष्ट पारेका हुन् । उक्त आन्दोलनबाट सरकारलाई विद्यालय कर्मचारीको संख्या, विद्यालय कर्मचारीका तह र तलबका विषयमा आधिकारिक रूपमा जानकारी गराउन सफल भएको बताएका छन् ।

    अध्यक्ष तिवारीले लेखेका छन्, ‘हाल केही साथीहरूबाट निस्केको आवाज भनेको विगत २०७९ भदौ १ को आन्दोलनमा के भयो भन्ने विषय हो । हामीले विगतका विभिन्न कर्मचारीहरूका आन्दोलनले के गर्यो र अहिके पछिल्लो पटक गरेको आन्दोलनको उपलब्धि के भयो भन्ने विषयमा आधिकारिक रूपमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट विद्यालय कर्मचारी कति छन् भन्ने स्पष्ट बनाउन सफल भएका छौं भने विद्यालय कर्मचारी दुई तहको (१) लेखा सहायक र (२) नेपाल सरकारको कार्यालय सहयोगी प्रथमस्तर । तलबमान क्रमशः ३२,९०२ र २४,७०२को आधिकारिक रूपमा टिप्पणीसहित माननीय मन्त्रीस्तरीय निर्णय भैसकेको छ ।’

    उनले उक्त निर्णय कार्यान्वय गराउन आफूहरू निरन्तर लागेको बताएका छन् । उनले थप भनेका छन्, ‘यसलाई पूर्णरूपमा कार्यान्वयन गराउन निरन्तर लागि परेका छौं । यसको पूर्ण विवरण निम्नानुसार रहेको जानकारी गराउँदछु । यिनै मुद्दालाई कार्यान्वयन गराउने उद्देश्यका साथ हाम्रो तेस्रो सम्मेलन २०७९ पूर्णरूपमा सफल बनाउन सम्पूर्ण विद्यालय कर्मचारी मित्रहरूमा हार्दिक अनुरोध गर्दछु ।’

    नेपाल शिक्षक महासंघको पदने सदस्य समेत रहेका तिवारीले माथिका उपलब्धि हिजोका दिनमा नभएको बताउँदै ऐतिहासिक निर्णय कार्यान्वयन गराउन सबै एकजुट हुनुपर्ने बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology