वेबटिभी खबर
जाजरकोट । जाजरकोट नलगाड नगरपालिकाको शैक्षिक क्षेत्रको विकासको लागि सरोकारवाला निकायको बीचमा फागुन १० गते बहस गर्न लागिएको छ ।
प्रदेशसभा सदस्य, छिमेकी पालिकाका माध्यमिक तहका विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षा शाखाका प्रमुखलाई एकै ठाउँमा राखेर बहस तथा अन्तरक्रिया गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव मानबहादुर गिरीले जानकारी दिए ।
त्यस्तै उक्त कार्यक्रममा जनज्योती माध्यमिक विद्यालय बड्डीचौर सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देलको सहभागिता रहने बताएको छ । उनले पढ्दै कमाउदै कार्यक्रमका योजनाकारसमेत हुन् ।
नगरपालिका भित्रका सबै विद्यालयको अनुगमण तथा निरीक्षण पछि शैक्षिक क्रियाकलाप सुधार गर्ने विद्यालयलाई अंक र सहयोग गर्ने कार्यविधिसमेत बनाएको नगरपालिकाले अब शैक्षिक बहस मार्फत यहाँको समस्य समाधान गर्न प्रयास थालेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij