Logo

२०८०, जेठ १९ गते शुक्रवार

२०८०, जेठ १९ गते शुक्रवार

images
images

इसीडी तथा शिक्षा सवलीकरण कार्यनीतिको मस्यौदा तयारीका लागि परामर्श प्रदान गर्न प्रस्ताव माग

इसीडी तथा शिक्षा सवलीकरण कार्यनीतिको मस्यौदा तयारीका लागि परामर्श प्रदान गर्न प्रस्ताव माग

  • 1.1K
    SHARES
  • इसीडी तथा शिक्षा सवलीकरण कार्यनीतिको मस्यौदा तयारीका लागि परामर्श प्रदान गर्न प्रस्ताव माग

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रारम्भिक बालविकास (इसीडी) तथा शिक्षा सवलीकरण कार्यनीतिको मस्यौदा तयारीका लागि परामर्श प्रदान गर्न प्रस्ताव माग गरेको छ ।

    images

    आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम आवश्यक योग्यता भएका परामर्शदाताहरूबाट २०७९ फागुन ११ गतेसम्म कार्यालय समयभित्र केन्द्रमा प्रस्ताव पेश गर्न आव्हान गरेको हो ।

    फागुन महिनाको १५ गते देखि काम सुरु गरी वैशाख मसान्तसम्म काम सम्पन्न गरिसक्ने गरी प्रस्ताव माग गरेको छ ।

    प्रारम्भिक बालविकास तथा शिक्षा सवलीकरण कार्यनीतिका लागि सुझाव संकलनको खाका तयार गर्ने, सुझाव संकलनका लागि धुलिखेलमा सञ्चालन गरिने राष्ट्रियस्तरको र बर्दिबासमा सञ्चालन गरिने फिल्डस्तरको कार्यशालामा उपस्थित भई सुझाव टिपोट र संग्रह गर्ने र प्राप्त सुझावहरू समेटेर कार्यनीतिको प्रारम्भिक मस्यौदा तयार गर्न सक्नेबाट प्रस्ताव माग गरेको छ ।

    शिक्षा शास्त्रमा कम्तीमा स्नातकोत्तर तह उतीर्ण गरी प्रध्यापन वा अध्ययन वा अनुभव भएको, अनुसन्धानमा कम्तीमा ५ वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।

    ecd.jpg
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology