Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

नयाँ शैक्षिकसत्रदेखि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ला ? के भन्छन् सरोकारवालाहरू ? 

नयाँ शैक्षिकसत्रदेखि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ला ? के भन्छन् सरोकारवालाहरू ? 

  • 458
    SHARES
  • नयाँ शैक्षिकसत्रदेखि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ला ? के भन्छन् सरोकारवालाहरू ? 

    काठमाडौं । दीगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्तले आगामी शैक्षिकसत्रदेखि देशभरका सबै विद्यालयलाई समयमा पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएका छन् । समितिको मंगलबारको बैठकमा समयमा पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

    images

    समितिका सभापति पन्तले सम्बन्धित निकायका पाठ्यपुस्तक उपलब्धताका सुनिश्तिताका समस्या स्पष्ट पारेमा समिति सरोकारवाला पक्षसँग सहकार्य र समन्वय गरी समाधान गर्न तयार रहेको बताए ।

    विगतमा नभएका र गर्न नसकेका विषयलाई सुरुआत गरी पुस्तकको पुनःप्रयोग नीति अवलम्बन गर्ने विषयमा सम्बन्धित निकायले विचार गरी प्रक्रिया सुरु गर्नसक्ने उनको भनाइ थियो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले बैठकमा जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलगायत सम्बन्धित निकायका कार्यप्रणालीलाई विश्वास गर्न आवश्यक रहेको र तोकिएको समयमा कार्य गर्न नसकेको खण्डमा आवश्यक कदम चाली पाठ्यपुस्तक समयमा उपलब्ध गराउनुपर्ने बताए ।

    जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले भने, ‘विगतमा जस्तो कागजको अभाव छैन । २४ सै घण्टा मेसिन र जनशक्ति सञ्चालनमा रहेका छन् । यो वर्ष पाठ्यपुस्तकको अभाव हुँदैन ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology