वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
बालकोटस्थित अध्यक्ष ओली निवास पुगेका राजदूत श्रीवास्तव र ओलीबीच दुईदेशीय मैत्रीपूर्ण सम्बन्ध र वर्तमान राजनीतिक परिवेशका बारेमा छलफल भएको ओलीको सचिवायलले जानकारी दिएको छ ।
करिब एक घण्टा भएको छलफलमा भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति निर्वाचनका बारेमा समेत चासो लिएको जनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij