काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले सरकारले आफूहरूले उठाएका माग सम्बोधन नगरे अनिश्चितकालीन विद्यालय बन्द गर्ने घोषणा गरेको छ ।
परिषद्को तेस्रो राष्ट्रिय सम्मेलनले विद्यालयका कर्मचारी र सरकारबीच पटक–पटक भएका सम्झौता कार्यान्वयन नभए निर्णायक आन्दोलन गर्ने घोषणा गरेको हो ।
परिषद्का अध्यक्ष गंगाराम तिवारीले आन्दोलनका कार्यक्रमपश्चात पनि राज्यको तर्फबाट सकारात्मक परिणाम आउन नसके अनिश्चितकालीन विद्यालय बन्दका कार्यक्रम अगाडि बढाउने बताए ।
याे हेर्नुहाेस्
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology