वेबटिभी खबर
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले भावी राष्ट्रपतिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिए समर्थन गर्ने बताएका छन् ।
राष्ट्रपति उम्मेदवारको विषयमा छलफल गर्न शुक्रबार बालुवाटारमा बसेको चार दलीय बैठकमा अध्यक्ष नेपालले उक्त धारण व्यक्त गरेको बालुवाटार स्रोतको भनाइ छ ।
माधव नेपालले राष्ट्रपतिमा देउवा उठे समर्थन गर्ने नत्र आफैँ उठ्ने धारण बैठकमा राखेको स्रोतले जनाएको हो ।
अध्यक्ष नेपालले राष्ट्रपतिमा आफ्नो पनि दाबी रहने बताएपछि उक्त चार दलको बैठक आज बेलुका ५ बजे फेरि बस्ने भएकाे छ । बैठकमा नेपाली कांग्रेसका नेताहरूले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सार्नुपर्ने प्रस्ताव राखेको थिए ।
राष्ट्रपतिको उम्मेदवार तय गर्ने विषयमा छलफल गर्न आज, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र नेपाली कांग्रेसका नेताहरूले आवश्यक छलफल गरेका छन् । जसपाले भने उपराष्ट्रपतिमा इच्छा देखाएकाे छ ।
यसअघि सोही विषयमा छलफल गर्न बिहीबार माओवादी, जसपा र एकीकृत समाजवादीका शीर्ष नेताहरूले सिंहदरबारमा छलफल गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij