Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

माधव नेपाललाई प्रधानमन्त्री बनाउने गरि राष्ट्रपतिमा कांग्रेसको दाबी

माधव नेपाललाई प्रधानमन्त्री बनाउने गरि राष्ट्रपतिमा कांग्रेसको दाबी

  • 252
    SHARES
  • माधव नेपाललाई प्रधानमन्त्री बनाउने गरि राष्ट्रपतिमा कांग्रेसको दाबी

    काठमाडौं । राष्ट्रपति निर्वाचनको मनोनयनको अघिल्लो दिन दलहरू उम्मेदवारका विषयमा सहमतिको प्रयासमा जुटेका छन् ।

    बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीको बैठकमा विभिन्न विकल्पबारे छलफल भएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए । तर सहमति नजुटेकाले शुक्रबार साँझ बैठक बस्नेछ ।

    शुक्रबार बिहान बसेको बैठकमा कांग्रेस र एकीकृत समाजवादीले राष्ट्रपतिमा दाबी गरेका छन् । तर कांग्रेस राष्ट्रपति छाडेर सहमति गर्ने पक्षमा छैन । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई एकवर्ष प्रधानमन्त्री दिनेगरी कांग्रेसबाटै राष्ट्रपति बनाउने विकल्वमा पनि छलफल भएको छ ।

    यसप्रति माधव नेपाल पनि सकारात्मक भएको एक नेताले जानकारी दिए । छलफलमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ , नेता नारायणकाजी श्रेष्ठ,  कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी थिए ।

    उनीहरूबीच कांग्रेसलाई राष्ट्रपति, माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री र जसपाबाट उपराष्ट्रपति बनाउने विषयमा छलफल भएको छ । र आजै साँझ ५ बजे बस्ने बैठकमा प्याकेजमै सहमति गर्ने गरि बिहानको बैठक नेताहरूले टुंग्याएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij