वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादीलाई पत्राचार गरेको छ ।
एमाले संसदीय दलको बैठकबाट नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय लिएको केही घण्टामा नेकपा एसलाई नेकपा एमालेले पत्राचार गरको हो ।
नेम्वाङलाई समर्थन दिन संसद्मा रहेका राजनीतिक दलहरुलाई पत्राचार गर्ने निर्णय सो बैठकले गरेको थियो । सोही अनुसार पत्राचार गरिएको एमालेले जनाएको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij