Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

आज दिउँसो एक बजे राष्ट्रिय सभाकाे बैठक बस्दै

आज दिउँसो एक बजे राष्ट्रिय सभाकाे बैठक बस्दै

  • 211
    SHARES
  • आज दिउँसो एक बजे राष्ट्रिय सभाकाे बैठक बस्दै

    काठमाडाैं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ : १ मा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।  

    संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

    राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्टिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५,७६, २०७६,७७ र २०७७,७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्यांकन प्रतिवेदन २०७९ सभासमक्ष पेस गर्नेछिन् ।  

    त्यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij