Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

ओलीलाई भीम रावलको कटाक्ष- जसपालाई २० मन्त्री दिए खुसी पार्नुपर्ने ‘शक्ति’ पनि मक्ख पर्ने

ओलीलाई भीम रावलको कटाक्ष- जसपालाई २० मन्त्री दिए खुसी पार्नुपर्ने ‘शक्ति’ पनि मक्ख पर्ने

  • 1.4K
    SHARES
  • ओलीलाई भीम रावलको कटाक्ष- जसपालाई २० मन्त्री दिए  खुसी पार्नुपर्ने ‘शक्ति’ पनि मक्ख पर्ने

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले जनता समाजवादी पार्टी (जसपा)को ठाकुर पक्ष ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जान लागेकोप्रति टिप्पणी गरेका छन् ।

    images

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गर्दै जसपालाई २० मन्त्रालय दिएर बाँकी आफूसँग राख्न भनेका छन् । साथै प्रधानमन्त्री ओलीले ‘लम्पसार परेर शक्तिलाई मख्ख पार्ने काम गरेको’ उनको आरोप छ ।

    सोमबार राति सामाजिक सञ्‍जाल ट्वीटरमा उनले लेखेका छन्, ‘जसपा (महन्थ पक्ष)लाई ८ मन्त्री र २ राज्यमन्त्री दिइने भन्ने त्यस पार्टीका एक नेताको भनाइ आयो । प्रम केपीले लम्पसार नै हुनुछ भने जसपालाई २० मन्त्री दिएर बाँकी ५ मन्त्री आफूसँग राखेर पूरै समर्पण गरी धूपबत्ती गरे कसो होला ! यसो गर्दा खुसी पार्नुपर्ने (शक्ति) पनि मक्ख पर्ने !’ 

    सोमबार सरकारमा जाने विषयमा प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ राजेन्द्र महतोलगायतका नेताको भेटवार्ता भएको थियो । भेटमा ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने कुरा भएको बताइएको थियो ।    

  • सम्बन्धित विषय:

  • # भीम रावल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology