Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

विवादमा परेपछि फ्रेन्च ओपनबाट पछि हटिन् नाओमी ओसाका 

विवादमा परेपछि फ्रेन्च ओपनबाट पछि हटिन् नाओमी ओसाका 

  • 565
    SHARES
  • विवादमा परेपछि फ्रेन्च ओपनबाट पछि हटिन् नाओमी ओसाका 

    पेरिस । विवादमा परेपछि विश्व नम्बर दुई टेनिस खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएकी छन् । प्रतियोगिताका क्रममा मिडियासँग बोल्न नमानेपछि विवादमा परेकी नाओमीले सोमबार प्रतियोगिताबाट बाहिरिने निर्णय गरेकी हुन् । 

    images

    यस कदमको घोषणा गर्दै ट्वीटमा जापानकी खेलाडी ओसाकाले सन् २०१८ मा पहिलो ग्रान्ड स्ल्याम उपाधि जित्नेबित्तिकै डिप्रेसनको सामना गरिरहेकी बताइन् । २३ वर्षीया ओसाकाले आफ्नो मानसिक स्वास्थ्य बिग्रिन नदिन फ्रेन्च ओपनका क्रममा हुने प्रेस सम्मलेनमा सहभागी नहुने बताएकी थिइन् ।

    त्यसदिन पछि, ग्रान्ड स्ल्याम आयोजकहरूले संयुक्त विज्ञप्तिमा ओसाका लगातार मिडियाबाट टाढा रहे टुर्नामेन्टबाट निष्कासन पनि हुन सक्ने बताएका थिए ।

    आइतबार ओसाकाले फ्रेञ्च ओपानको पहिलो चरणको खेलमा रोमानियाकी मिरिया टिगलाई पराजित गर्दै दोस्रो चरणमा पुगेकी थिइन् । फ्रान्सेली टेनिस महासंघका अध्यक्ष गिलेस मोरेटनले दोस्रो चरणबाट ओसाका निस्किनु दुर्भाग्यपूर्ण भएको बताए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology