Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

शेयर बजार ३.८१ अंकले घट्यो

शेयर बजार ३.८१ अंकले घट्यो

  • 209
    SHARES
  • शेयर बजार ३.८१ अंकले घट्यो

    काठमाडौं । साताको तेश्रो कारोबार दिन मंगलबार शेयर बजारमा ओरालोे लागेको छ । नेप्से परिसूचक ३.८१ अंकले घटेर २०१९ बिन्दुमा आएर रोकिएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ अंकले घटेर ३८१.९३ विन्दुमा पुगेको छ ।

    images

    यसैगरी सोमबार पनि शेयर बजार घटेको थियो । सोही दिन नेप्से परिसूचकमा ३.६५ अंकले ओरालो लागेको र एक अर्ब ८९ करोड भन्दाबढी रूपैयाँको कारोबार भएको थियो ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार कूल २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब रूपैयाँ ३८ करोड रूपैयाँ भन्दाबढीको शेयर कारोबार भएको छ ।

    त्यस्तै कारोबारको आधारमा युनिभर्सल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । यसको आज ७ करोड ५५ लाख भन्दाबढीको कारोबार भएको छ । यसैगरी शिवम सिमेन्टको ६ करोड ५० लाख भन्दाबढीको कारोबार भएको छ ।

    मंगलबार उपसूचकहरू मध्ये ४ कम्पनी बाहेक सबै कम्पनीहरूमा ओरालो लागेको छ । आजको आदिखोला लघुवित्त वित्तिय संस्था, आदर्श लघुवित्त वित्तिय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतको शेयर कारोबार भएको छ । यी कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology