वेबटिभी खबर
जनकपुर । मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज मिटर ब्याज तथा लघुवित्त पीडितहरू आन्दोलनमा उत्रिएका छन । मिटर ब्याज विरूद्धको संघर्ष समिति नेपालको आयोजनामा पीडितहरू आन्दोलनमा उत्रिएका हुन ।
जनकपुरधामको रंगभुमी मैदान बाह्रबिघाबाट प्लेकार्डसहित र्याली निकालिएको थियो । र्यालीमा सहभागीहरूले सुदखोरहरूलाई गिरफ्तार गर, तमसुक व्यवस्था खारेज गर, मिटर ब्याजीको सम्पति छानबिन गर, पीडितको सम्पति फिर्ता गर, मिटर ब्याजीले गरेको यौन शोषणको छानबिन गरी दोषीलाई कारवाही गर, लगायतका नाराहरू लगाएका थिए ।
आफूहरूको मुख्यमन्त्री कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको आन्दोलनका अगुवा संघर्ष दाहालले जानकारी दिए । अहिले जनकपुरधामको विभिन्न चोकचोकमा प्रहरी तैनाथ गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij