Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

दूधमा आत्मनिर्भर बन्दै महोत्तरीका किसान

दूधमा आत्मनिर्भर बन्दै महोत्तरीका किसान

  • 516
    SHARES
  • दूधमा आत्मनिर्भर बन्दै महोत्तरीका किसान

    काठमाडौं । महोत्तरी बर्दिबासका द्रोणबहादुर खडकाले दूध बेचेर मासिक १२ हजार रूपैयाँसम्म कमाउने गरेका छन् । उनले बिहान सबेरै उठेर खड्का गौरीडाँडा र बर्दिबास सहरमा पुगेर दूध बेच्ने गर्छन् । बिहान दूध बेच्न जाने उनीमात्र एक्ला किसान होइनन् ।

    images

    उनीजस्तै गाउँका अन्य धेरै किसानहरू दूध बेचेर नै आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । किसानका घर–घरमा नै पुगेर दुध लिने व्यक्ति पनि छन् । तर धेरैजसो किसानहरू भने दुध आफैँ बजारसम्म पुर्याउने गर्छन्  ।

    उनले भने, ‘जो आफैँले दूध बजारसम्म पुर्याउँछन्, उनीहरूले घरमै आएका दूध संकलकले दिनेभन्दा प्रतिलिटरमा ३० रूपैयाँ बढी पाउँछन् । आफैँ जाँदा विचौलियामा परिँदैन, पैसा पनि बढी पाइन्छ।’

    महोत्तरी ८० प्रतिशत भू–भाग ग्रामिण क्षेत्रले ओगटेको छ । दिनहुँ बढ्दै गएको शहरीकरणले किसानहरूको बजार थप सुनिश्चित बन्दै गएको छ । एउटा भैंसी पाल्ने किसानले मासिक १४ हजारसम्म कमाउँछन् । जसकारण खेतीपातीमा भन्दा बढी किसानको आकर्षण भैंसीपालनमा देखिने डेरी व्यवसायी विजय यादव बताउँछन् ।

    उनले भने, ‘म दूध लिन किसानको घर–घरमा नै पुग्ने गरेको छु । किसानहरुको घरमा कमसेकम दुईवटा भैंसी पालेको देखिन्छ ।’ बर्दिबास नगरपालिकाका पूर्वप्रमुख बिदुरकुमार कार्की पनि भैंसीपालनमा नै लागेका छन् । 

    ‘बजारमा दूधको माग बढ्दै गएपछि भैसीपालन गर्न थालेँ,’ उनले भने, ‘उन्नत जातको भैसी पालेर दूध बेच्ने गरेको छु ।’ यहाँका किसानले एक वर्षमा २ करोड १९ लाख लिटर दूध उत्पादन गर्छन् । तर बजारको माग धान्न सकेका छैनन् ।

    जिल्ला कृषि कार्यालय महोत्तरीका अनुसार दुधमा आत्मनिर्भर बन्न एक जना किसानले दैनिक ९० लिटर दूध उत्पादन गर्नुपर्छ । तर, किसानहरूले ७० लिटर मात्र दूध उत्पादन गर्दै आएका छन् ।
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology