Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

इसीडी शिक्षक निर्मला वलीले भनिन्– बालशिक्षकलाई अपहेलना गरेर शिक्षाको जग बलियो हुँदैन

इसीडी शिक्षक निर्मला वलीले भनिन्– बालशिक्षकलाई अपहेलना गरेर शिक्षाको जग बलियो हुँदैन

  • 1.1K
    SHARES
  • इसीडी शिक्षक निर्मला वलीले भनिन्– बालशिक्षकलाई अपहेलना गरेर शिक्षाको जग बलियो हुँदैन

    काठमाडौं । त्रिवेणी गाउँपालिका रुकुमपश्चिमकी प्रारम्भिक बालविकास शिक्षक निर्मला वलीले बालशिक्षकलाई अपहेलना गरेर शिक्षाको जग बलियो नहुने दाबी गरेकी छिन् ।

    images

    उनले भनिन्, ‘जबसम्म बालविकास शिक्षकलाई अपहेलना गरिन्छ तबसम्म शिक्षाको जग कहिल्यै बलियो हुनेवाला छैन । शिक्षक शिक्षकमा साैतेनी व्यवहार गरेर शिक्षामा गुणस्तर हुँदैन । हाम्रो देशमा बालविकासका शिक्षकलाई हेर्न नजर कहिले पनि बदलिएन । बालविकास शिक्षक बालबालिकाको सर्वाङ्गिण विकासमा निरन्तर घोटिएर काम गरेका छन् ।’ 

    उनले बालविकास शिक्षकहरू थोरै पारिश्रमिकमा खटिनु परेको र कतिपय बालशिक्षहरुलाई विद्यालयमा समेत  हिंसा  गरिएको बताइन् । अनेकौं समस्याकाबीच बालविकास शिक्षकहरू फुटेर नभई जुटेर अगाडि बढ्नुपर्ने बताइन् ।

    उनले भनिन्,‘एकले थुकी सुकी धेरैले थुकी नदी भने झैं हामी सबै जुटेर जाने हो भने  हाम्रा माग पूरा गर्न सरकार बाध्य हुन्छ ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology