Logo

२०८०, जेठ १९ गते शुक्रवार

२०८०, जेठ १९ गते शुक्रवार

images
images

तस्बिरमा हेर्नुहोस् बालविकास शिक्षकको महाधिवेशन

तस्बिरमा हेर्नुहोस् बालविकास शिक्षकको महाधिवेशन

  • 3.0K
    SHARES
  • तस्बिरमा हेर्नुहोस् बालविकास शिक्षकको महाधिवेशन

    काठमाडौं । नेपाल बालविकास शिक्षक केन्द्रीय समितिको पाँचौं केन्द्रीय महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशको प्रमुख अतिथि पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल रहेका थिए ।

    images

    उनले बालशिक्षकहरूको माग र मुद्दा सम्बोधन गर्नका लागि आफू प्रतिबद्ध रहेको बताए । मन्त्री पदमा रहँदा दुई हजार रूपैयाँ तलब बढाउन सफल भएको बताए ।

    त्यसैगरी कार्यक्रमको विशिष्ट अध्यक्ष रहेकी नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले वर्तमान बालविकास केन्द्रीय समिति नै आधिकारिक भएको बताउँदै बालविकासका अन्य समितिलाई आफूले नचिन्ने बताइन् ।

    कार्यक्रममा ७ वटै प्रदेशबाट प्रतिनिधिहरू उपस्थित भएका थिए । कार्यक्रम भव्य रूपमा सम्मपन्न भएको छ ।

    महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने छ । बालविकास शिक्षकहरूले वर्तमान अध्यक्ष कृष्ण कुमारी थापा मगरकै नेतृत्वलाई निरन्तरता चाहेको बताएका छन् । महाधिवेशन केन्द्रीय समिति अध्यक्ष कृष्ण कुमारी थापाको अध्यक्षतामा सम्पन्न भएको छ ।

    कार्यक्रम उद्घोषण महासचिव निर्मला गिरीले गरेकी थिइन् ।

    ecd tea.jpg
     
    ecd ys.jpg
     
    ecd t.jpg
     
    ecd.jpg
     

    ecd teach.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology