Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

इसीडी शिक्षकहरूको समस्या समाधान गर्न सबैभन्दा अगाडि म लाग्छु, साथ दिनुस् : देवेन्द्र पौडेल 

इसीडी शिक्षकहरूको समस्या समाधान गर्न सबैभन्दा अगाडि म लाग्छु, साथ दिनुस् : देवेन्द्र पौडेल 

  • 2.3K
    SHARES
  • इसीडी शिक्षकहरूको समस्या समाधान गर्न सबैभन्दा अगाडि म लाग्छु, साथ दिनुस् : देवेन्द्र पौडेल 

    काठमाडौं । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) हरूको समस्या समाधानका निम्ति सबैभन्दा अगाडि लागेर आफू सम्बन्धित ठाउँमा पुग्ने बताएका छन् ।

    images

    आइतबार काठमाडौंमा आयोजित बालविकास शिक्षक केन्द्रीय समितिको पाँचौं महाधिवेशनमा बोल्दै संघीय सांसदसमेत रहेका पौडेलले इसीडी शिक्षकहरूको माग, मुद्दामा आफूले हस्ताक्षर नै गरिसकेकाले अगाडि लागेर सम्बन्धिन निकायमा धाउने बताए ।

    उनले स्थानीय तहले सरकारले तोकेको तलब दिन नमान्दा आफू शिक्षामन्त्री हुँदा उनीहरूलाई मन्त्रालयमै बोलाएर ध्यानाकर्षण गराएको पनि उक्त महाधिवेशनमा बताए ।

    ‘तपाईंहरूको समस्या, माग, मुद्दाको बारेमा मलाई जानकारी भएको हुनाले सम्बन्धित निकायमा जानपर्‍यो भने तपाईंहरूको साथमा सबैभन्दा अगाडि लागेर जाने र समस्या समाधान गर्ने विश्वास म तपाईंहरूलाई व्यक्त गर्न चाहन्छु ।’, पौडेलले भने । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology