Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

राष्ट्रपतिले दलीय संरचनाबाट अलग भएर भूमिका निर्वाह गर्नुपर्छ : गगन थापा

राष्ट्रपतिले दलीय संरचनाबाट अलग भएर भूमिका निर्वाह गर्नुपर्छ : गगन थापा

  • 272
    SHARES
  • राष्ट्रपतिले दलीय संरचनाबाट अलग भएर भूमिका निर्वाह गर्नुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले आज निर्वाचित हुने राष्ट्रपतिले आफूलाई दलीय संरचनाबाट अलग राख्दै राष्ट्र र जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

    नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग उनले नयाँ निर्वाचित हुने राष्ट्रपतिले दलबाट अलग भएर मन, वचन र कर्मले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

    राष्ट्रपति दलबाट अलग हुन नसके राष्ट्रपति पदलाई नै न्याय नहुने उनको भनाइ छ ।

    उनले भने, ‘लामो समय लोकतान्त्रिक आन्दोलनमा संघर्ष गर्नुभएका रामचन्द्र पौडेल आज राष्ट्रपति पदमा निर्वाचित हुने करिब निश्चित छ । यसअघिका राष्ट्रपतिबाट भएका कमजोरीबारे उहाँ जानकार हुनुहुन्छ । त्यसैले पनि उहाँ सुरुमा पार्टीबाट मन, वचन र कर्मले अलग हुनुपर्छ ।’

    नयाँ निर्वाचित हुने राष्ट्रपतिलाई आफू अनुकुल संविधानको व्याख्या नगर्न उनले आग्रह गरे । उनले भने, ‘लामो समय पार्टीमा काम गर्नुभएका उहाँले नेपाली कांग्रेसलाई मनबाट निकालेर काम गर्न सक्नुभएन भने राष्ट्रपति पदलाई न्याय गर्न सक्नु हुन्न ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij