Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

२९ हजारले लिए ई–सिम

२९ हजारले लिए ई–सिम

  • 369
    SHARES
  • २९ हजारले लिए ई–सिम

    काठमाडौं । नेपालमा ई–सिम (इम्बेडेड सवस्क्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको सङ्ख्या २९ हजार नाघेको छ ।

    images

    नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले गत भदौ ३१ देखि हालसम्म २९ हजारभन्दा बढी वितरण भइसकेको जानकारी दिए ।  

    नेपाल टेलिकमले सुरुमा सुन्धारा काउन्टरबाट ई–सिम वितरण गरेको थियो । साथै गत असोज ४ देखि भने नक्साल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोङ्गबु, छाउनी र पुलचोक ग्राहक सेवा केन्द्रबाट वितरण सुरु गरेको थियो भने मंसिर ८ देखि भने देशभर ई–सिम उपलब्ध गराइएको हो ।

    ‘नेपाल टेलिकमका पुराना ग्राहकले ई–सिम लिन चाहेमा निःशुल्क प्राप्त गर्न सक्छन् । पोस्टपेडको नयाँ ई–सिम लिन चाहनेले अहिले बिक्री भइरहेकै मूल्यमा लिन सक्छन्’, प्रवक्ता अधिकारीले भने, ‘ई–सिममा ग्राहकले आफ्नो उपकरणअनुसार बढीमा २० वटासम्म नेटर्वक अर्को मोबाइल सेवा प्रदायको नेटवर्कमा जोड्न सक्छन् ।’

    तर एकपटक भने एउटा नेटर्वकमा जोड्न सकिने उनको भनाइ छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology