Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

नवनिर्वाचित राष्ट्रपतिलाई नेपाली जनसम्पर्क समिति अमेरिकाको बधाई

नवनिर्वाचित राष्ट्रपतिलाई नेपाली जनसम्पर्क समिति अमेरिकाको बधाई

  • 542
    SHARES
  • नवनिर्वाचित राष्ट्रपतिलाई नेपाली जनसम्पर्क समिति अमेरिकाको बधाई

    काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिकाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । एक विज्ञप्ति जारी गर्दै सम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले पौडेललाई बधाई ज्ञापन गरेका छन् ।

    images

    ‘नेपालको तेस्रो राष्ट्रपतिका रूपमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको पौडेलको जितले गौरव बढाएको महसुस भएको छ । पौडेलको सफल कार्यकालको शुभकामना व्यक्त गछौं,’ विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँले राष्ट्र हितलाई केन्द्रमा राखेर काम गर्नुहुनेमा हामी सबै विश्वस्त छौं ।’

    राष्ट्रपति राष्ट्रको अभिभावक भएकाले पौडेलाई राष्ट्रलाई सर्वोपरी राखेर काम गर्नसमेत उनले सुझाव दिएका छन् ।

    पौडेलको अभिभावकत्वमा संघीय लोकतान्त्रीक गणतन्त्र थप मजबुद हुने विश्वास आफूहरूको रहेको विष्टले बताए ।

    नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

    निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका छन् ।

    राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका ७ दलसँग गठबन्धन गरेको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology