Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

अनमोल लेख्छन्न : नवौं फिल्ममा चुकें, दशौं फिल्म करियरको दोस्रो सत्रको सुरुवात हुनेछ

अनमोल लेख्छन्न : नवौं फिल्ममा चुकें, दशौं फिल्म करियरको दोस्रो सत्रको सुरुवात हुनेछ

  • 363
    SHARES
  • अनमोल लेख्छन्न : नवौं फिल्ममा चुकें, दशौं फिल्म करियरको दोस्रो सत्रको सुरुवात हुनेछ

    काठमाडौं । अभिनेता अनमोल केसी स्टारर नवौं फिल्म ‘छड्के २’ बक्सअफिसमा असफल साबित भइसकेको छ ।

    images

    गत साताबाट प्रदर्शनमा आएको यो फिल्म सोही मितिमा रिलिज अर्को फिल्म ‘छक्का पन्जा ४’सँग प्रतिष्पर्धा गर्नुपर्ने दबाब त छँदै थियो, तर सुरुकै दिनबाट ‘छड्के २’ले दर्शकको साथ पाउन सकेन ।

    खास गरी फिल्ममा अनमोलको अभिनयप्रति दर्शकमाझ तिब्र असन्तुष्टि र निर्देशकको कमी कमजोरी उस्तै देखियो । बरु फिल्मका निर्देशक निगम श्रेष्ठ फिल्ममा हाबी देखिए । जसको असर अभिनेता अनमोलदेखि उनका समर्थकसम्म पुग्यो ।

    यहीबीचमा अनमोलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले दर्शकलाई निराश बनाएको भन्दै दुःख व्यक्त गरेका छन । उनले फिल्म ‘छड्के २’मा आफू परिपक्क हुनुपर्ने भएपनि त्यसमा चुकेको स्वीकारेका हुन ।

    ‘मलाई थाहा छ, मैले ‘२.० छड्के’मार्फत मलाई माया गर्ने दर्शकहरूलाई निराश बनाएँ, जुन दर्शकहरूको साथको कारण म यहाँ आइपुगे । वहाँहरूलाई नै निरास बनाउँदा म झनै दुःखी भएको छु । छड्के २ मेरो नवौं फिल्म थियो, नवौं फिल्ममा आइपुग्दा म झनै परिपक्क हुनुपर्ने थियो, यहाँनेर म चुक्न पुगें’, उनले लेखेका छन्, ‘विश्वस्त हुनुस्, यो समय पनि बितेर जान्छ, घाम डुबेपछि भोलि फेरि नयाँ बिहानी हुन्छ । म भोलिको सुनौलो बिहानी मेरा दर्शकसँग साट्नेछु । दुखेका घाउहरूमा मल्हम लगाउनेछु । अब नवौं पछिको दशौं फिल्म दशपछिको शुन्य हटेपछि बन्ने एक अर्थात् आज म शुन्यमा छु, र मेरो करियरकै पहिलो फिल्म मेरो दशौं फिल्म हुनेछ । अर्थात मेरो करियरको दोस्रो सत्रको सुरुवात मेरो अबको फिल्मबाट हुनेछ ।’

    अनमोल अगाडि लेख्छन्, ‘जबसम्म शुभचिन्तक र दर्शकहरूको साथ र सहयोग रही रहनेछ, मेरो कोशिस निरन्तर जारी रहन्छ । पशुपतिनाथले हामी सबैको कल्याण गरुन ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology