काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको बताएका छन् ।
यसअघि पनि उनले शिक्षा ऐन तत्काल ल्याइने बताएका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकारलका पालामा माओवादीबाट शिक्षामन्त्री बनेका देवेन्द्र पौडेलले पनि शिक्षा ऐन छिट्टै जारी गरिने बताएका थिए ।
नयाँ सरकार बनेको लामो समय भइसक्दा पनि प्रधानमन्त्री भने शिक्षा ऐन जारी गर्ने तयारीको कुरा गरिरहेका छन् । प्रधानमन्त्री र मन्त्रीहरू ऐन छिट्टै जारी गर्ने भन्छन् तर भनेजस्तो नभएको शिक्षकहरूको प्रतिक्रिया छ ।
प्रधानमन्त्री प्रचण्डले आज बिहान पद्मोदय माध्यमिक विद्यालयको हीरक महोत्वस एवम् ७७औँ वार्षिकोत्सवको कार्यक्रममा संघीय शिक्षा ऐनका बारेमा बोलेका हुन् ।
उनले शिक्षा ऐन मार्फत् शिक्षाक्षेत्रका विद्यमान समस्या प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । ‘संघीय शिक्षा ऐन पारित गरी शिक्षा क्षेत्रका विद्यमान समस्या प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्रीले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology