Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

राइनासले आगामी शैक्षिक सत्रमा थप तीन कक्षामा स्थानीय पाठ्यक्रम लागु गर्ने

राइनासले आगामी शैक्षिक सत्रमा थप तीन कक्षामा स्थानीय पाठ्यक्रम लागु गर्ने

  • 262
    SHARES
  • राइनासले आगामी शैक्षिक सत्रमा थप तीन कक्षामा स्थानीय पाठ्यक्रम लागु गर्ने

    लमजुङ । लमजुङको राइनास नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि थप तीनवटा कक्षामा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ ।

    images

    आधारभूत तहअन्तर्गत कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम निमार्ण गरिसकेको नगरपालिकाले थप तीनवटा कक्षामा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको हो ।

    अगामी शैक्षिक सत्र २०८० देखि कक्षा ६, ७ र ८ मा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याउने तयारी गरेको नगरपालिकाले पाठ्यक्रम निमार्णलाई तीव्रता दिएको छ ।

    हाल पालिका भित्रका पाँचवटा सस्थागत र ३६ वटा सामुदायिक गरी ४१ विद्यालयमा कक्षा १ देखि पाँच सम्म स्थानीय पाठ्यक्रम अध्यापन भैरहेको राइनास नगरपालिका शिक्षा शाखा प्रमुख पूर्णबहादुर अछामीले बताए ।

    चालु शैक्षिक सत्रमा ६ देखि ८ सम्मको पाठ्यक्रम निमार्ण गरी आगामि शैक्षिक सत्रदेखि पालिका भित्रका सबै विद्यालयमा कार्यान्वयनमा ल्याउने शिक्षा शाखा प्रमुख अछामीले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology