Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

बढेको तलब निकासाको माग राख्दै विद्यालय कर्मचारीले बुझाए ज्ञापनपत्र

बढेको तलब निकासाको माग राख्दै विद्यालय कर्मचारीले बुझाए ज्ञापनपत्र

  • 2.5K
    SHARES
  • बढेको तलब निकासाको माग राख्दै विद्यालय कर्मचारीले बुझाए ज्ञापनपत्र

    महेन्द्रनगर । नेपाल विद्यालय कर्मचारी परिषद् भीमदत्त नगर कार्यसमितिले आर्थिक वर्ष २०७९/८० मा थपिएको तलब र सुविधासहितको माग राखेर भीमदत्त नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

    images

    परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष लक्ष्मण भट्टको नेतृत्वमा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीलाई ज्ञापनपत्र बुझाएको छ ।

    परिषद्ले दुई वर्ष अघि बढेको थप ७ हजार तलब पाउनु निकासा गरिनुपर्ने र ६० वर्ष उमेर पुगेका कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मका लागि सेवाबाट बञ्चित गर्न नहुने माग राखेको छ ।

    सरकारले आर्थिक वर्ष २०७७/०७८ मा विद्यालय कर्मचारीको तलब ७ हजार बढाएर १५ हजार बनाएको थियो । स्थानीय तहलाई वृद्धि गरिएको तलब व्यवस्थापनको जिम्मा दिइएको थियो । परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष भट्टले परिषद्को केन्द्रीय कार्यक्रम अनुसार दबावका लागि ज्ञापनपत्र बुझाइएको बताए ।

    ‘विद्यालय कर्मचारीको सेवासुविधा निजामती सरह हुनु पर्ने माग गर्दै सरकारलाई दबाव दिँदै आएका छौं, सरकारसँग वार्ता भएर पनि भएका छन्, त्यसपछि मागहरू पूरा गर्न वार्ता टोली बनाएर पूरा गर्ने आश्वासन दिइयो’, उनले भने,‘अहिले त्यो फाइल अर्थ मन्त्रालयमा गएर थन्किएको छ, त्यस कारण फेरि चरणबद्ध आन्दोलनमा उत्रिएका हौं, आज ज्ञापनपत्र बुझाएर सुरु भएको छ ।’

    सरकार र विद्यालय कर्मचारी परिषद्बीच गत भदौमा वार्ता भएर परिषद्का जायज माग पूरा गर्न अर्थमन्त्रालयमा फाइल पुर्‍याएको थियो । अर्थ बजेट अभाव देखाउँदै फाइल अनुसार कारबाही अघि नबढाएपछि परिषद्को फागुन पहिलो साता भएको राष्ट्रिय सम्मेलनबाट सरकारलाई दबाव दिने चरणबद्ध आन्दोलन जाने निर्णय गरिएको थियो ।

    भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत गौलीले परिषद्का मागलाई कार्यपालिकासम्म राखेर समाधानका लागि पहल गरिने बताए । परिषद्को आन्दोलनमा नेपाल शिक्षक संघ भीमदत्त नगर समितिले ऐक्यबद्धता जनाएको छ ।

    संघका नगर अध्यक्ष धर्मानन्द जोशी ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहभागी भएका छन् । परिषद्का जिल्ला कोषाध्यक्ष मेखनाथसहित कर्मचारी ज्ञापनपत्र बुझाउन नगरपालिका पुगेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology