Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

आँखा शिविरबाट ३९७ जनाको निःशुल्क शल्यक्रिया

आँखा शिविरबाट ३९७ जनाको निःशुल्क शल्यक्रिया

  • 447
    SHARES
  • आँखा शिविरबाट ३९७ जनाको निःशुल्क शल्यक्रिया

    सर्लाही । सर्लाहीको बाग्मती नगरपालिका-८ स्थित शंकरपुरमा ३९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया भएको छ ।

    images

    तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको संयोजन र नगरपालिकाको आयोजनामा एक सातासम्म सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा मोतिविन्दुको समस्या देखिएका उनीहरूको निःशुल्क शल्यक्रिया गरेको नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए ।

    नगर प्रमुख थापाका अनुसार जिल्लाको क्षेत्र नं-३ का सबै स्थानीय तहमा भएको निःशुल्क आँखा परीक्षणबाट करिब पाँच हजार जनाले आँखा परीक्षण गराएका थिए । साथै मोतिविन्दुको समस्या देखिएका ३९७ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो ।

    जिल्लाको बाग्मती, हरिवन, हरिपुर र बरहथवा नगरपालिकाका साथै बसबरिया र रामनगर गाउँपालिकामा करिब शिविर एक सातासम्म चलेको थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology