Logo

२०७९, चैत्र ८ गते बुधवार

२०७९, चैत्र ८ गते बुधवार

images

स्थानीय तहमा विद्यालय कर्मचारीले ध्यानाकर्षण पत्र बुझाउने क्रम जारी  

स्थानीय तहमा विद्यालय कर्मचारीले ध्यानाकर्षण पत्र बुझाउने क्रम जारी  

  • 286
    SHARES
  • स्थानीय तहमा विद्यालय कर्मचारीले ध्यानाकर्षण पत्र बुझाउने क्रम जारी  

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको निर्देशन अनुसार विद्यालय कर्मचारीको जिल्ला तथा पालिका कार्यसमितिले पालिका अध्यक्ष तथा प्रमुखलाई ध्यानाकर्षण बुझाउने क्रम जारी रहेको छ ।

    images

    कर्मचारी परिषद्को तेस्रो राष्ट्रिय सम्मेलनले ७५३ वटै पालिकामा ध्यानाकर्षण पत्र बुझाउने निर्णय पारित गर्दै आवश्यक निर्देशन दिएको थियो । 

    सोही अनुसार नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्यसमिति रामेछापले विभिन्न मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ । परिषद्ले आज शिक्षा तथा समन्वय इकाई रामेछापमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

    राज्यले विद्यालयमा भएका कर्मचारीलाई दिएको सेवासुविधा ज्यादै न्यून भएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्को केन्द्रीय परिपत्र अनुसार ध्यानाकर्षण पत्र बुझाइएको परिषद् रामेछापका अध्यक्ष रमेश तामाङले बताए ।

    विद्यालय कर्मचारीले बुझाएको ध्यानाकर्षण पत्रलाई सम्बन्धित निकायमा यथासक्य छिटो  पुर्‍याउउने इकाईका प्रमुख भरत भट्टराईले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology