Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

‘युरोपेली बैंकहरू बलिया छन्’

‘युरोपेली बैंकहरू बलिया छन्’

  • 211
    SHARES
  • ‘युरोपेली बैंकहरू बलिया छन्’

    फ्रान्स । युरोपेली बैंकहरूको अवस्था अमेरिकी ऋणदाताहरूको जस्तो नभएको फ्रान्सको केन्द्रीय बैंक प्रमुखले बताएका छन् ।

    images

    अमेरिकामा देखिएको बैंकिंग संकटको त्रासकाबीच उनले शुक्रबार सो टिप्पणी गरेका हुन् ।

    उनले भने यस क्षेत्रका बैंकहरू अत्यन्तै ठोस आकारमा छन् । दुई अमेरिकी ऋणदाताहरूको असफलताले यस क्षेत्रमा सङ्क्रामक स्थिति सृजना हुने डर बढाएको छ ।

    समस्याग्रस्त युरोपेली बैंकिंग विशाल क्रेडिट सुइसले स्विस केन्द्रीय बैंकबाट ४५४ अर्बसम्म ऋण लिनु परेको छ ।

    युरोपेली केन्द्रीय बैंकको गभर्निङ काउन्सिलका सदस्य फ्रान्कोइस भिलेरोय डे गाल्हाउले बीएफएम बिजनेस टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सो टिप्पणी गरेका हुन् ।

    ‘फ्रान्सेली र युरोपेली बैंकहरू अत्यन्तै बलिया छन्, अमेरिकी बैंकहरू जस्तै स्थितिमा छैनन्’,उनले भने ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology