Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

सडक र पुल नहुँदा अस्पताल पुग्न समस्या

सडक र पुल नहुँदा अस्पताल पुग्न समस्या

  • 204
    SHARES
  • सडक र पुल नहुँदा अस्पताल पुग्न समस्या

    डोल्पा । जिल्ला अस्पताल डोल्पामा दुई एम्बुलेन्स छ तर अस्पतालसम्म जान र आउन भने पाउँदैनन् । अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्बुलेन्स भेरी नदी पारी थन्क्याउनुपर्ने बाध्यता छ ।

    images

    दुईमध्ये एक एम्बुलेन्स एक वर्षदेखि सञ्चालनमा छैन । अर्को एम्बुलेन्सले भेरी नदी पारीसम्म मात्र सेवा दिने गर्दछ । झन्डै एक किलोमिटर टाढाको दुरीमा एम्बुलेन्सबाट बिरामी झारेर स्टेचरका माध्यमले बिरामीलाई अस्पतालसम्म ल्याउने गरिन्छ ।

    स्टेचरमा राखेर बिरामी ल्याउन र लैजानसमेत साँघुरो बाटो भएकाले सधैँ मुस्किल हुने गरेको ठूलीभेरीका नवराज थापाले बताए । अस्पतालबाट बाहिर लैजानका लागि सिफारिस गरिएका बिरामीलाई समेत एम्बुलेन्ससम्म पुर्‍याउन समस्या हुँदै आएको छ ।

    कतिपय गर्भवती अस्पतालसम्म ल्याउँदा ल्याउँदै बाटोमै सुत्केरी हुने गरेको डा.सुस्मिता जोशीले जानकारी दिइन् । अस्पतालमा बिरामीलाई लैजान र ल्याउन भेरी नदी बाधक बनेको छ ।

    भेरी नदीमा पुल निर्माण नहुँदा एक किलोमिटर लामो बाटो प्रयोग गरेर स्टेचरका भरमा मुस्किलले अस्पतालसम्म बिरामी पुर्‍याउने गरिएको डा.जोशीको भनाइ छ ।

    ‘साँघुरो बाटो एक किलोमिटर हिँडेर अस्पतालसम्म जान र आउन निकै समस्या हुने गरेको छ, हामीले समस्या समाधानका लागि प्रयास जारी राखेका छौँ’, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल शाहीले भने । पच्चीस शय्याको नयाँ अस्पतालको निर्माणको काम जारी छ ।

    अस्पताल निर्माणका लागि आवश्यक सामग्री ल्याउनसमेत समस्या हुँदै आएको बताइएको छ । बिरामी मात्र होइन, अस्पतालमा आवश्यक उपकरणदेखि अन्य सामग्री ल्याउनसमेत समस्या रहँदै आएको छ ।

    स्वास्थ्य सेवा कार्यालय वल्लो दुनैमा रहेको छ भने अस्पताल पल्लो दुनैमा छ । कर्मचारी तथा स्वास्थ्यकर्मीलाई जान र आउनमात्र आधा घन्टा लाग्छ ।

    अहिले स्वास्थ्य सेवा कार्यालयको मातहतमा जिल्ला अस्पताल रहेको छ । भेरी करिडोरभित्र दुई वर्षअघि मात्र डोल्पा सदरमुकाम दुनै सडक सञ्जालसँग जोडिएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology