Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

वीरगञ्जमा छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरूद्धको खोप अभियान सुरू

वीरगञ्जमा छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरूद्धको खोप अभियान सुरू

  • 210
    SHARES
  • वीरगञ्जमा छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरूद्धको खोप अभियान सुरू

    वीरगञ्ज । शहरी तथा ग्रामीण क्षेत्रमा छाडा कुकुरको आतंक बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले कुकुरको बन्ध्याकरण तथा रेबिज रोगविरूद्धको खोप दिन सुरु गरेको छ ।

    images

    हुलका हुल निस्किने छाडा कुकुरले बाटो हिँड्ने सर्वसाधारणलाई टोक्ने, बाटोमा यातायात आवागमनमा समस्या पुर्‍याउनुको साथै स्थानीयले पालेका खसीबोका मार्ने क्रम बढ्दै गएपछि महानगरपालिकाले कुकुर बन्ध्याकरण र रेबिजविरूद्धको खोप लगाउनु सुरु गरेको हो ।

    छाडा कुकुरलाई दैनिक संकलन गरी नेशनल ट्रेडिङमा बन्ध्याकरण गरिने गरिएको द जेन गुडअल इन्स्टिच्युट नेपालका प्रशासकीय अधिकृत रमेश सापकोटाले जानकारी दिए ।

    गत मंगलबारदेखि सुरु भएको छाडा कुकुर बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्यक्रमअन्तर्गत आजसम्ममा दुई सयभन्दा बढी कुकुरको बन्ध्याकरण र रेबिजविरूद्धको खोप लगाइएको अधिकृत सापकोटाले बताए ।

    पहिलो चरणमा करिब एक हजार कुकुरको बन्ध्याकरण गरिने उनको भनाइ छ । वीरगञ्जमा छाडा कुकुरको संख्या वृद्धि नियन्त्रण गर्न यस्तो अभियान सुरु गरिएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहकाे भनाइ छ ।

    कुकुरको संख्या दैनिक बढ्दै गएकाले यसलाई कम गर्न बन्ध्याकरण गर्न थालेको र यसबाट छाडा कुकुरको कमि आउने नगरप्रमुख सिंहको विश्वास छ ।

    छाडा कुकुरको आतंकलाई रोक्न केही दिनअघि महानगरपालिकाले कुकुर मार्ने अभियान चलाएको थियो तर अधिकारकर्मीले कुकुर मार्ने अभियानविरूद्ध आन्दोलन सुरु गरेपछि महानगरपालिकाले मार्ने अभियानको साटो बन्ध्याकरण र रेबिजविरूद्धको खोप अभियान चलाएको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology