वेबटिभी खबर
बुटवल । रूपन्देहीमा १८ लाख रूपैयाँ बराबरको अवैध सामान बरामद भएको छ । मायादेवी गाउँपालिका-७ बनगाईबाट १८ लाख ३६ हजार ६८० रूपैयाँको भन्सार छलेर ल्याएको सामान बरामद भएको हो ।
रूपेन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता श्यामु अर्यालका अनुसार मर्चवारी गाउँपालिका-४ का ओमप्रकाश यादवको ग १ त ४६२५ नम्बरको ट्याक्टर चेकजाँच गर्दा भारतबाट ल्याउँदै गरेको अवैध सामान बरामर गरिएको हो ।
प्रहरीका अनुसार महिलाले लगाउने लुगा देखी पुजाका लागि प्रयोग हुने लत्ताकपडाहरू बरामद भएका छन् । बरामद गरिएको सामान थप कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij