Logo

२०७९, चैत्र ८ गते बुधवार

२०७९, चैत्र ८ गते बुधवार

images

जनतालाई स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री खान

जनतालाई स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री खान

  • 55
    SHARES
  • जनतालाई स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री खान

    काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले जनतालाई स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध भएर काम गरिरहेको बताए ।

    images

    जनमत पार्टी नेपालगञ्ज उपमहानगर कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री खानले नागरिकले स्वच्छ खानेपानी पिउन पाउने अधिकार संविधानमै व्यवस्था भएकाले यसतर्फ सचेत हुँदै मन्त्रालयले अनवरतरूपमा काम गरिरहेको दाबी गरे ।

    उनले भने, ‘स्वच्छ पानी पिउन पाउनु प्रत्येक नागरिकको हक भएको संविधानमै व्यवस्था छ । यो जनताको मौलिक हक भएकाले म यसका लागि अनवरतरूपमा काम गर्दैछु ।’

    खानेपानी मन्त्रालयअन्तर्गतका निकायले राजनीतिकरण नगरी जनतालाई सहज तरिकाले घर-घरमा स्वच्छ खानेपानी पुर्याउने कार्यमा दत्तचित्त भएर लाग्न मन्त्री खानले निर्देशनसमेत दिए ।

    नेपालका खोलानालाबाट ‘मिनरलयुक्त’ स्वच्छ पानी त्यसै बगिरहेकाले त्यसलाई उपयोग गरेर देशको आर्थिक समृद्धिमा खानेपानीले योगदान दिन सक्ने उनको भनाइ छ ।

    ‘मिनरलयुक्त’ स्वच्छ पानी बगिरहेकाले त्यसलाई बजारीकरण गर्न सकेको खण्डमा देशको आर्थिक समृद्धिमा पानीले योगदान दिन सक्ने मन्त्री खानले उल्लेख गरे ।

    उनले भने, ‘हाम्रो देशभित्र यति धेरै नदी र झरनाबाट पानी बगिरहेको छ, केही गर्न नसके पनि खाडी मुलुकमा मात्रै नेपालको पानी निर्यात गर्न सक्यौँ भने हाम्रो देशको हितमा धेरै ठूलो योगदान हुनसक्छ ।’

  • सम्बन्धित विषय:

  • # जनता

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology