Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 239
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ । सोमबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ । आज खरिददर १३१ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३२ रूपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ ।

    images

    अघिल्लो दिन आइतबार पनि सोहिमूल्यमा अमेरिकी डलरको कारोबार भएको थियो ।

    राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरो एकको खरिददर १४० रूपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रूपैयाँ २३ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४१ पैसाले बढेको हो ।

    आइतबार यसको खरिदमूल्य १४० रूपैयाँ १९ पैसा र बिक्रीमूल्य १४० रूपैयाँ ८२ पैसामा कारोबार भएको थियो । यता बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रूपैयाँ ४८ पैसा र बिक्रीदर १६१ रूपैयाँ २१ पैसा तोकिएको छ ।

    यसअघि आइतबार उक्त पाउण्डको खरिद १५९ रूपैयाँ ९६ पैसा र बिक्री १६० रूपैयाँ ६९ पैसामा खरिदबिक्री भएको थियो ।

    त्यसैगरी आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ २५ पैसा र बिक्रीमा ८८ रूपैयाँ ६५ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रूपैयाँ ९९ पैसा र बिक्रीमा ९६ रूपैयाँ ४३ पैसामा कारोबार भइरहेको छ ।

    यस्तै कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रूपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ९ पैसा र बिक्रीदर ३५ रूपैयाँ २५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५ पैसा,  मलेसियन रिंगिट एकको खरिदमा सोमबार २९ रूपैयाँ ३८ पैसा र बिक्रीमा २९ रूपैयाँ ५२ पैसा कायम गरिएको छ ।

    आज कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ९८ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ९४ पैसा तोकिएको छ । त्यसैगरी बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३५१ रूपैयाँ १७ पैसामा किनबेच भएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology