काठमाडौं । बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले नेपालको अर्थतन्त्र जटिल अवस्थामा नरहेको स्पष्ट पारेका छन ।
सिन्धुलीमा आज पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्र जटिल समस्या नभएपनि सुधारका लागि निर्यात बढाउनुपर्नेमा जोड दिए । निर्यातको तुलनामा आयात अत्यधिक बढी हुँदा अर्थतन्त्र जोगाइराख्न नसकिने उनको भनाइ छ ।
‘अर्थतन्त्रमा देखिएको अन्तर्राष्ट्रिय असर नेपालमा पनि परेको छ, हामीले उत्पादन वृद्धि गर्दै अनावश्यक खर्च कटौती गर्न नसकिएन अवस्था जटि हुनेछ’, उनले भने ।
उत्पादन वृद्धि नगरेसम्म मुलुकको अर्थतन्त्रले गति लिन नसक्ने बताउँदै स्वाधिन राष्ट्रियताको सवालमा अघि बढ्न उत्पादन वृद्धि गर्न आवश्यक रहेकोमा जोड दिए ।
उनले मुलकको कृषि उत्पादन वृद्धिपछि उद्योग स्थानपना गरी रोगजारी सिर्जना गर्न आवश्यक रहेको बताए । उनले कृषि क्षेत्रमा अनुदान बढाइ उत्पादन वृद्धिमा जोड दिनुपर्ने जानकारी दिए ।
बाग्मती प्रदेशले फजुल खर्च रोक्न चालु पुँजीमा २० प्रतिशत खर्च कटौती गरेको उनले बताए । प्रदेश सरकार यतिबेला पुँजीगत खर्च बढाउन लागेको उनको भनाइ छ ।
‘वर्तमान सरकार गठन हुँदा १० प्रतिशत भएको पुँजीगत खर्च अहिले २५ प्रतिशतसम्म पुगेको छ’, उनले भने, ‘पुँजीगत खर्च वृद्धि गर्ने, विकासलाई व्यवस्थित गर्ने समृद्ध विकास कसरी गर्न सकिन्छ भनेर ध्यान दिइरहेको छु ।’
उनले आगामी आर्थिक वर्षमा बजेट वृद्धि गर्नेतर्फ संकेत गर्दै चालु आवको ७२ अर्बबाट ८० अर्ब बजेट पुर्याउनुपर्ने बताए । प्रदेशका १३ वटै जिल्लाको सन्तुलित विकासमा ध्यान दिएर बजेट ल्याउने उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology