Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

  • 473
    SHARES
  • प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् । सोमबार प्रतिनिधिसभाबाट प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत पाएका हुन् ।

    images

    यसअघि गत २६ पुसमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभामा फेरि विश्वासको मत मागेका थिए ।

    यसघि विश्वासकाे मत दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संसद्बाट दाेस्राे पटक विश्वासकाे मत लिनुपरेकाे हाे ।

    प्रतिनिधिसभामा उपस्थित २६२  सांसदहरू मध्ये दाहालको पक्षमा १७२ मत र विपक्षमा ८९ मत परेकाे छ । यसैगरी १ जना सांसद  तटस्थ बसेका छन् ।

    प्रधानमन्त्री दाहाललाई संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमाेर्चा पार्टीले विश्वासको मत दिएका हुन् ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology