Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बारा २ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँने

बारा २ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँने

  • 317
    SHARES
  • बारा २ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँने

    काठमाडौं । निर्वाचन आयोगले बारा २ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

    आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले चितवन २ सहित बारा २ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय भएको बताए ।

    गत मंसिर ४ मा भएको चुनावमा चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, बारा २ मा तत्कालीन जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव र तनहुँ १ मा तत्कालीन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

    नागरिकता मुद्दामा लामिछानेको पद सर्वोच्चले बदर गरिदिएको थियो । तनहुँ १ बाट निर्वाचित पौडेल फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका थिए भने बारा २ बाट निर्वाचित यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij