Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

अब चार दिनभित्रै सरकारलाई पूर्णता दिन्छुः प्रधानमन्त्री दाहाल

अब चार दिनभित्रै सरकारलाई पूर्णता दिन्छुः प्रधानमन्त्री दाहाल

  • 223
    SHARES
  • अब चार दिनभित्रै सरकारलाई पूर्णता दिन्छुः प्रधानमन्त्री दाहाल

    काठमाडाैं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन् ।

    images

    सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ २/४ दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका हुन् ।

    प्रधानमन्त्री दाहालले सरकारलाईं पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरूसँग भोलि (मंगलबार) बिहानबाटै छलफल सुरु गर्ने पनि स्पष्ट पारे ।

    उनले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आराम ढंगले सरकारले काम गर्ने दाबी समेत गरे ।

    प्रधानमन्त्री दाहालले भने,‘अब आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि विहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । सबैसँग बसेर २/४ दिन भित्रमै सबै टुंग्याउने र अनि काम गर्ने विचार छ ।’

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology