काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखास्थित पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी-कटहरे-हर्मी-साहिलीटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका छन् ।
शिलान्यास कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ पुगेका थिए ।
भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रूपैयाँ रहेकाे छ । वूड हिल-लामा जेभी, महाराजगन्जले ३० महिनामा सक्ने गरी ठेक्का पाएको छ ।
प्रधानमन्त्री प्रचण्डले गत मंसिरको निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका थिए भने डा.भट्टराई र श्रेष्ठको गृहजिल्ला हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology