Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • 271
    SHARES
  • बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरपालिका-१ चरिकोट घर भई हाल काठमाडौंस्थित बूढानीलकण्ठ नगरपालिका-१३ माइक्रोपार्क नजिकै बस्ने ४४ वर्षीय रमेशकुमार श्रेष्ठ रहेका छन।

    उच्च अदालत पाटनको २०७९ पुस २९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १० दिन कैद र १३ लाख ५० हजार जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको नेपाल प्रहरीको केन्द्रीय कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology